गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल

0

 

स्याङ्जाको गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा यज्ञप्रसाद अर्याल विजयी भएका छन्। हिजो राती सम्पन्न भएको मतगणनामा १० मत बढी ल्याएर निकटतम प्रतिष्पर्र्धी धुर्व श्रेष्ठलाई हराएका हुन् । उनले २२५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ध्रुवले २ सय १५ मत गरेका छन्। अर्याल वाम गठबन्धन र श्रेष्ठ लोकतान्त्रीक गठबन्धनबाट प्रतिस्पर्धा गरेका थिए। वाम गठबन्धनबाट अध्यक्षसहित कोषाध्यक्ष र २ सदस्य र लोकतान्त्रिक समूह वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सह–कोषाध्यक्ष सहित ३ जना सदस्य पद हात परेको छ। वरिष्ठ उपाध्यक्षमा इन्द्र प्रसाद अधिकारी विजयी भएका छन्।

उनले २ सय ३२ मत प्राप्त गरेक छन्। अधिकारी लोकतान्त्रीक प्यानलबाट जितेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी वाम गठबन्धनका हेमा कुमारी तराङ ९सामान० ले १ सय ८१ मत प्राप्त गरेकी छन्। उपाध्यक्षमा लोकतान्त्रिक समूहकै बाबुराम पाण्डेले २ सय १७ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम् विष्णुप्रसाद पाठकले २ सय ११ मत प्राप्त गरेका छन्। महासचिवमा लोकतान्त्रिक प्यानलका कृष्ण प्रसाद भट्टराइले २ सय ७४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी रामप्रसाद सापकोटाले १ सय ५५ मत प्राप्त गरेका छन्।

सचिवमा उमा श्रेष्ठ निर्वाचति भएकी छन्। उनले २ सय ५३ मत प्राप्त गरेकी छन्। उनका निकटतम् गणेश अधिकारीले १ सय ७५ मत प्राप्त गरेका छन्। यस्तै कोषाध्यक्षमा बलराम श्रेष्ठले २ सय १४ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेत्रलाल भूषालले २ सय ९ मत प्राप्त गरेका छन्। सह–कोषाध्यक्षमा होमलाल भट्टराई २ सय २८ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी दुर्गा वहादुर थापा शिरषले १ सय ९३ मत प्राप्त गरेका छन्। यस्तै सदस्यहरुमा अर्याल समुहका हुमकान्त पाठक, चिन्तामणी अर्याल, गुम प्रसाद थापा (गौतम), नर बहादुर गुरुङ, ऋषि बस्याल निर्वाचित भएका छन्। कुल ४ सय ७० मत रहेको रहेको संघको निर्वाचनमा ४ सय ४५ मत खसेको थियो।

Leave a Reply