राष्ट्रिय दिवसका अवसरमा यी हुन आज सम्मनित हुने उद्यमीहरु

0

सरकारले संविधान दिवसका पावन अवसर पारेर विभिन्न क्षेत्रका ६३४ जनालाई सम्मान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा क्रियाशील रहि राष्ट्र निर्माणमा उल्लेख्य योगदान पुर्याउने नेता,कर्मचारी,उद्यमी,व्यवसायी,साहित्यकार,पत्रकार,सेना,प्रहरीदेखि समाजसेवीहरुलाई विभिन्न मानपदवी, अलंकार र पदकद्धारा विभुषित गर्ने लागेको हो ।

गृह मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार यस बर्ष वर्ष उद्योगी व्यवसायीको तर्फबाट आङछिरिङ शेर्पा (मरणोपरान्त) सुप्रशिद्ध प्रवल जनसेवाश्री (प्रथम)बाट विभुषित गरिदैंछ । यस्तै चेम्बर अफकर्मसका राजेशकाजी श्रेष्ठलाई उज्जवल र्कीतीमय राष्ट्रदीपबाट विभुषित हुँदैछन् । उद्यमी तथा विशाल ग्रु्पका प्रवन्ध निर्देशक अशोककुमार अग्रवाल, आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष भवानी राणा विभुषित हुँदैछन् । यी तीनै जनालाई कीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गरिने भएको हो । यस्तै यातायात व्यवसायी योगेन्द्र कर्मचार्य, सरोज सिटौला, व्युटिसियन कमला श्रेष्ठ लगायतका उद्यमीहरु विभुषित हुने छन् ।

Chandra Dhakal # Bhabwani Rana

Leave a Reply