कालो बजारी समाप्त भइसक्यो : उद्योगमन्त्री यादव

0

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सुपथ मूल्य पसलमा भन्दा सस्तोमा सामान पाउनु त खुसीको कुरा रहेको बताउँदै कालो बजारी नरहेको दाबी गरेका छन् ।

मन्त्री यादवले त्यस्ता पसलले बजारको महंगी नियन्त्रण गरेकोमा आफू खुसी रहेको बताए । उनले भने, “सुपथ मूल्य पसल सञ्चालनमा आएपछि व्यापारीबीच मूल्य घटाउन प्रतिस्पर्धा चलेको रहेछ । हेर्नुस् त प्रतिकिलो ८० रुपैयाँ पुगेकोमा अहिले ७२ रुपैयाँमा पनि बिक्री हुन थालेछ ।”

तर, सरकार व्यापार गर्न नबसेको बताउँदै उनले व्यापारीहरुले एउटामा छुट दिएर अर्कोबाट नाफा असुल्न गरेको हुनसक्ने आशंका व्यक्त गरे । मन्त्री यादवले सरकारले दैनिक उपभोग्य वस्तुमा केही सहुलियत दिने घोषण पनि गरे । उनले भने, “संविधान दिवसको अवसरमा केही उपभोग्य वस्तु थप सस्तो बनाउने योजनामा छौं ।”

Leave a Reply