सदाबहार शिव

0

३० बर्षदेखि पर्यटन क्षेत्रमै अनवरत होमिएका पात्र हुन शिव लामिछाने । आजभन्दा ४८ बर्ष अघि जन्मिए रसुवामा । पिता कृष्णप्रसाद र माता होमकुमारीको कोखबाट साइलो सुपुत्रका रुपमा । सात दाजुभाई ।
दुःख, ज्याला गरेर अध्ययनको गति अघि बढाए । तर यही बीचमा ढल्यो परिवारको खम्मा । जतिखेर उनी सात कक्षामा अध्ययन गर्दै थिए । यो पछि झनै दुख र पीडाका पहाडहरु ।

संयुक्त परिवार । उत्पादन भएको अनाजले बर्षभरी खान धौं धौं पर्दथ्यो ।
त्यही पनि हार खाएनन् । रोकिएन उनको अध्ययनको गति ।
तिनै दुख पीडा र संघर्षहरु जुधे । कडा मेहनत र परिश्रम गरिरहे । गाँउघरको मेलापात, अर्मपर्म गरेर अध्ययनलाई निरन्तरता दिए । बिद्यालय शिक्षा गाँउकै निलकण्ठ माध्यामिक बिद्यालयबाट पूरा गरेका उनले २०४६ सालमा एसएलसी अध्ययन पूरा गरे ।

त्यसपछि उच्च शिक्षाका लागि काठमाण्डौ प्रवेश गर्ने योजनासँगै २०४७ सालमा उनी काठमाण्डौ प्रवेश गरे । त्यसपछि पाटनढोकास्थित पाटन मल्टिपल क्याम्पसमा आइएमा भर्ना भए ।
काठमाडौं खाल्डोमा भित्रिएका थिए मनभरी सपना र झोलाभरी भविष्य बोकेर । तर कहाँ प्रिय छ र काठमाडौं ?

पाइला पाइलामा अभाव तनाव र दबाब सहन पर्नेथ्यो ।

तर मनको कुनामा जोस थियो । केही गर्छु र केही बन्छु भन्ने आत्मविश्वाश ।
अध्ययनका लागि घरबाट खर्च पठाउने अबस्था थिएन । राजधानीमा सास अडाउनका लागि सही काम त गर्नैपर्दथ्यो ।
शुरुमा गार्मेन्ट उद्योगमा काम भेट्टाए । यही पछि उनको जीवनमा घाम लाग्न थाल्यो ।

केही समय ट्रेकिङ कम्पनीमा काम पाए । यही क्षेत्र हो उनले चाहेको । बाल्यकालदेखि नै उनी पर्यटन क्षेत्रमै केही गर्न चाहन्थे अरुभन्दा पृथक ।


बत्तिसपुतलीस्थित सुकेएसयू ट्रेकिङ कम्पनीमा काम गरे । केही सिके । छोटो समयमा आर्जित ज्ञान र सीपले उनको जीवनको नक्सा बदलियो । र जीवनले लय समात्यो ।
पर्यटनको क्षेत्रमा पहिलो खुड्किीलो बन्न पुग्यो उक्त टेर्किङ कम्पनी ।
ट्रेकिङ कम्पनीमा टुर गाइडको रुपमा केही समय काम गरे ।
त्यही अनुभवमा आधारमा उनी आफैं केही गर्नुपर्दछ भन्ने सोच पलायो ।
र पार्टनरसीपमा शुरु भयो माउन्ट अन्नपूर्ण गेष्ट हाउस । नेपाल भ्रमण बर्षको छेको पारेर १९९८ मा ।
यसबाट उनको भुमिका केही फराकिलो बन्यो ।
लाङटाङ फाउण्डेसन मार्फत सन २००० मा जापान भ्रमण गर्ने अवसर मिल्यो ।
मान्छेले कि पढेर सिक्स कि परेर भन्छन् ।
उनी जापान पुग्दा पर्यटन र संस्कृति सम्बन्धी विविध पाटाहरुका बारेमा ज्ञान र अनुभव बटुले ।
जीवन भन्नु नै प्रयोगशाला हो । नयाँ नयाँ प्रयोगहरु गरिरहनुपर्दछ भन्ने मान्यता बोक्ने लामिछाने ३ महिने जापान बसाई निकै उपलव्धिमूलक रह्यो ।
त्यहाँबाट फर्किएपछि उनले यो बीचमा तीन वटा ट्रेकिङ स्थापना गरिसकेका छन ।
०६९ सालमा ‘ आस्क द नेपाल एड्भेन्चर्स’ नामक ट्रेकिङ कम्पनी जन्मियो । यही बेला साझेदारीमा काभ्रेको बल्थलीमा ‘बल्थली इको हिल रिर्सोट सञ्चालनमा ल्याए ।
भन्छन नि निरन्तरको बहावले ठूलठूला चट्टानहरु पगाल्न सक्छ । हो निरन्तर उनको यही क्षेत्रको त्याग र तपष्याका कारण आज उनी उद्यमीका रुपमा मात्र सीमित छैनन् ।

सामाजिक संघ संस्थाहरुमा उनको सक्रियता पनि बढ्दो छ ।
विभिन्न संघ संस्थाहरुले उनलाई खोज्ने क्रम बढ्दो छ । यही कारण हो उनी गाउँ पर्यटन प्रर्वद्धन मञ्च अर्थात भिटोफको तेश्रो अध्यक्ष बनेर केही उल्लेख्य काम गरे ।
विस ६९ सालदेखि ७१ सालसम्म अध्यक्षता सम्हाल्दा गाउँ गन्तव्य घोषणा गर्यो भिटोफकै सहकार्यमा पर्यटन मन्त्रालयले ।
उनकै अध्यक्षता र अग्रसरतामा पर्यटनलाई कृषिसँग जोड्ने अभियान अन्तरगत रोपाई महोत्सव शुरु भयो । जुन हरेक बर्ष १५ असारमा मनाइदै आएको छ ।


होमस्टे एशोसियन उनकै अग्रसरतामा जन्मियो ।
१ सय हाराहारी रहेको सदस्यतालाई बढाएर ३ सय २० सदस्य पुग्यो ।
अहिले सरकारले पर्यटन बर्ष मनाउदैछ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने सरकारको योजना छ ।
यो योजनालाई मूर्तरुप दिनका लागि संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयबाट भिजिट नेपाल २०२० को पर्यटन प्रवद्र्धन समितिको प्रदेश नम्बर ३ को सदस्यमा नियुक्त भएका छन लामिछाने ।
यस्का अलवा उनी रसुवाको पर्यटनको विकास र विस्तार कसरी गर्न सकिन्छ भन्ने बिषयमा चिन्तनशील र सदैव क्रियाशिल छन् ।
त्यही कारण उनी रसुवा नुवाकोट पर्यटन समाजको बरिष्ठ उपाध्यक्षको रुपमा सक्रिय छन् ।
यी तमाम उपलव्धि उसै हासिल भएका होइनन् । यही क्षेत्रमा हिजोका दिनमा उनका त्याग तपस्यालाई बिर्सनु हुन्न ।

हिजो बिद्यालय पढ्दै गर्दा किशोर मानसपटलमा उब्जिएको सपना आज साकार भएको छ । तर सपनाहरु कहिल्यै पूरुा हुँदैनन् ।
जीबनप्रति गुनासो गर्नेहरुको जमात कम नभएको आजको दिनमा लामिछाने यस्ता पात्र हुन जो हरदम मुस्कुराउँछन, र भन्छन,– अरुलाई सानो सहयोग गर्न सकेको दिन आफुलाई धन्य महशुश गर्छु ।
सफलता असफलता मापन गर्ने भौतिकशास्त्रका नियमले पनि लामिछानेको जीबन दर्पणलाई सम्मान नै गर्नेछ ।
आज उनले कर्म क्षेत्र कामठामाडौंलाई बनाएका छन् । शिव यस्ता पात्र हुन जो रसुवाको पर्यटन क्षेत्रको विकास र विस्तारमा सदाशहार दतचित्त भएर लागिपरेका छन् । उनी जिल्लाका हरेक अभियानमा सरिक हुन्छन् । चाहे दलालहरु सल्बलाएर धार्मिक सम्पदा नास्न खोज्दा होस चाहे विपत्ती पर्दा होस उनी जिल्लातिर दौडिहाल्छन् ।

#Shiva Lamichhane # Ask The Nepal Adventure Pvt. Ltd # Rasuwa

प्रस्तुति : महेश्वर गजुरेल

Leave a Reply