०७६ आश्विन ११, कुनै शुभकार्य गर्दै हुनुहुनछ भने हेर्नुहोस राशिफल

0

मेष

रमाईलो यात्राको योग रहेको छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ । शुभ समाचार सुन्नमा आउला ।

मिथुन

विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्नमा आउला ।

सिंह

नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । प्रेममा मधुरता छाउनेछ ।

तुला

सामान हराउने वा नष्ट हुनेछ । कामहरू अधुरै रहलान् । घर व्यवहारको समस्याले सताउला । सरकारी निकाएको भय रहला ।

धनु

शुभ समाचार सुन्न पाइएला । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । रोमाञ्चक यात्रा हुनेछ ।

कुम्भ

पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । सामान हराउनपनि सक्नेछ सचेत रहनुहोला । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

बृष

लक्ष्मीको शुभ दृष्टि रहला, मनमा उत्साहका साथै बोली बिक्ने समयछ । मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कर्कट

महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । खर्चको मात्रा बढ्नेछ । व्यवसायमा मन्दी आउला । सरकारी निकाएको भय रहला ।

कन्या

आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शिक्षामा सफलतापनि मिल्नेछ ।

बृश्चिक

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । रोकिएको धन हाता पर्नेछ । बाहन सुख मिल्नेछ ।

मकर

नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । रमाईलो यात्राको कासाथै स्वादिष्ट भोजनको योग रहेको छ ।

मीन

प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । ज्यो.प.नारायणप्रसाद दुलाल

Leave a Reply