रसुवाको सडकको नाजुक अवस्था , कहाँ जान्छ बजेट ?

0

बडादसैं सुरु भइसकेको छ । तर, यो वर्ष वर्षा रोकिएको छैन ।

वर्षाका कारण देशभरका ग्रामीण सडकहरुको अवस्था बिजोग छ । प्रायः सबै सडकहरु हिलाम्य छन् ।

अरु समयको तुलनामा दसैंमा सवारी–साधनको चाप र यात्रीको संख्या बढ्ने हुँदा दुर्घटनाको सम्भावना बढेकाले सडक सतर्कता एकदमै आवश्यक छ ।

नेपालीहरुको महान् चाड दसैं घरघरमा भित्रिसकेको छ । तर, वर्षा नरोकिँदा दसैं हिलोमै बित्ने हो कि भन्ने त्रास सबैमा छ ।

घटस्थापनादेखि प्रायः विद्यालय, कलेज बिदा हुँदैछन् । बिदासँगै दसैं मनाउन घर फर्कनेहरुको भीड बढ्न थालेको छ । दसैंमा सदैव सवारी–साधनको अभाव हुने गर्दछ ।

यही कारण कमजोर सवारी–साधनहरु पनि क्षमताभन्दा बढी यात्री लिएर हिँड्ने गर्छन् । एकातिर कमजोर सवारी र क्षमताभन्दा बढी यात्री, अर्कातिर कमजोर सडक र लगातारको वर्षा । यही कारण यात्रीहरुले निक्कै सास्ती खेप्नुपरिरहेको छ ।

पासाङ ल्हामु यातायात अन्तरगत पर्ने रसुवाको सडककै यात्रा गर्ने हो भने पनि देशभरका ग्रामीण सडकको अवस्था थाहा हुन्छ । हरेक वर्ष बर्खाको समयमा पहिरो जान्छ अनि मात्र बाटो सफा गर्ने मात्र काम हुन्छ । राज्यबाट उठेको करोडौं कर कहाँ जान्छ भन्ने स्थानीयहरुको चासोको कुरा रहेको छ ।

सडक बिग्रिएका कारण कतिपटक दुर्घटना भइसकेको छ भने सवारी–साधन बीचबाटोमै अड्किएर यात्रीको बिचल्ली हुने गरेको छ ।

ठेकापट्टामा मिलेमतो हुँदा देशभरका ग्रामीण सडकको अवस्था यस्तै छ । मध्यपहाडी लोकमार्ग होस् वा ग्रामीण सडक अथवा तराईका ग्रामीण सडक नै किन नहुन्, सबै उस्तै छन् ।

Leave a Reply