याे दशै‌ंलाइ उद्धमशील बनाऔं

0
courtsy google.com

उद्धमी डेस्क

आज दशै‌ंको आठौं दिन अर्थात महा अष्टमी ।  आजकाे दिन महाकाली -(भद्रकाली)को विशेष पूजाआजा गरिन्छ । देवीभागवतका अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौँ योनी-शक्ति) का साथ यसै अष्टमीका दिन उत्पन्न हुनुभएको थियो । त्यसैले यस दिन उहाँको पूजा सोह्र सामग्रीले गर्ने गरिन्छ । यसको साथै यस दिन नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआजा गरिन्छ । पूजापश्चात् यी देवीलाई बोकाकुखुरा, हाँस, खसी, राँगोआदि बलि दिइन्छ । यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने गर्दै आएको छ ।

तपाइहरुपनि आ आफ्नाे गच्छेअनुसार नै पुजाअाजामा सरिक हुनुभएकाे हाेला नै । यसका अलावा पनि तपाइहरुलाइ याे दशै‌ महत्वपुर्ण हुन सक्छ ।यदि हजुरहरु यस पावन अवसरलार्इ उपयाेग गर्न चाहनुहुन्छ भने यसलाइ उद्धमशील बनाउन सक्नुहुन्छ । दशै‌काे बेलामा तपाइँकाे गाउँघर तिर तपाइका विभीन्न साथीभाइहरु इष्टमित्रहरु पक्कै पनि आउनुभएकाे नै हाेला जो विभीन्न पेशा वा  व्यवसायमा हुनुहुन्छ नै । त्यस्ता साथीभाइ छिमेकीहरुस‌ँग केहि वेर वस्नुस उहाँहरुका कुरा अनुभव लिनुस आफ्ना समस्या वा अरु विषयमा बताउनुस र छलफल गर्नुस यसले तपाइका र साथीभाइका समस्या समाधानका केहि न केही समाधान निस्कन्छ जसले गर्दा दुवैकाे उद्धम वा व्यवसाय एकापसमा सहयाेगी पनि हुन सक्छ । यस्ताे साथी वा इष्टमित्र छान्दा सकेसम्म आफ्नाे पेशा वा व्यवसाय स‌ंग मिल्दाे पेशा वा व्यवसायका साथी छनाैट गर्दा थप फाइदा हुन सक्छ ।

यसैगरी तपाइ नयाँ पेशा वा व्यवसाय गर्ने साेचमा हुनुहुन्छ भने तपाइले पनि याे दशैलाइ उपयाेग गर्न सक्नुहुन्छ । सबैभन्दा पहिले तपाइलाइ मनपर्ने पेशा वा व्यवसाय छनाैट गर्नुपर्ने हुन्छ यदि कन्फ्युजमै हुनुभयाे भने पनि फरक पर्दैन । यदि तपाइले छनाैट गर्नुभएकाे छ भने साेही प्रकृतिका साथी भाइ आफन्त वा अग्रज छानेर सरसल्लाह गरेर निष्कर्ष मा पुग्नसक्नुहुन्छ । यदि के गर्ने भन्ने अन्याेलमा हुनुहुन्छ भने पनि यसैगरि अगुवाहरु सँग आफ्नाे कुरा खुलस्त राख्नुहाेस यसवाट पक्कै केही कार्य वा व्यवसाय प्रति तपाइले जानकारी प्राप्त गरी उद्धमशिलता तर्फ अग्रसर हुनुहनेछ ।

तसर्थ आउनुस याे दशैलाइ दशैका रुपमा मात्र नभइ उद्धमशीलता विकासकाे अवसरका रुपमा समेत मनाऔं ।

बडादशैकाे शुभकामना ।

 

Leave a Reply