आहा घान्द्रुक ! तस्वीरमा नियाल्नुहोस् अवस्य घुम्न जानुहोस

0

कोलाहल, प्रदूषणयुक्त वातावरण, आफन्तबाट टाढीएको जीवन, व्यस्त जीवनयापनबाट थोरै समय निकाल्नु भयो भने पदयात्रामा रमाउने आन्तरीक तथा बाह्य पर्यटकको लागि घान्द्रुक उपयुक्त गन्तव्य हुनसक्छ ।

आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको शृङ्खलामा पर्ने २० भन्दा बढी हिमचुचुरालाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु घान्द्रुकको खास विशेषता हो । यद्यपी घान्द्रुकमा बढेको आकर्षणको जस भने समुदायमा आधारित पर्यटनलाई दिनुपर्छ ।

पर्यटक भनेकै विदेशी पाहुना ठान्ने अन्नपूर्ण पदमार्ग क्षेत्रका पर्यटन व्यवसायीलाई यस वर्ष भने दिगो पर्यटनको प्रमुख आधार भनेकै आन्तरिक पर्यटक हो भन्ने महसुस भएको छ । दशैं तिहारको विदाको समयमा दैनिक ५–६ सयको अनुपातमा आन्तरिक तथा बाह्य पर्यटक अन्नपूर्ण पदमार्गको प्रथम पर्यटकीय विश्रामस्थल घान्द्रुक भित्रिएक छन् । लामो र छोटो प्याकेजमा अन्नपूर्ण पदयात्रामा निस्किएका अधिकांश पर्यटकको प्रमुख रोजाइ घान्द्रुक क्षेत्र नै रहेको पर्यटकहरु बताउँछन् ।

घान्द्रुक होमस्टेबाट बिहानै बाहिर निक्लदा माछापुछ्रे, गङ्गापूर्ण, हिमचुली, अन्नपूर्ण हिमालहरु बास बसेको होमस्टे अगाडि नै देखिन्छ । जता हेर्यो त्यतै लोभलाग्दो हिमालचुली । समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा रहेको कास्कीको घान्द्रुक गाउँ प्राकृतिक सौन्र्दयले भरिपुर्ण छ । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी र कास्कीको घान्द्रुकमा बाह्य मात्र होइन आन्तरिक पर्यटक पनि बढन थालेका छन् ।

कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुक पर्यटकीय सुन्दर ठाँउ हो । हिमाल मात्र होइन घान्द्रुक गाउँमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु पनि छन । मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह तालले पनि घान्द्रुक पुग्ने जो कोहिलाई आनन्द बनाउछ । हिमश्रृखला, सूर्योदय, ग्रामीण बस्ती, फरक संस्कृति, वन जगल र मनोरम भूगोलको अवलोकन गर्न घान्द्रुकमा पाइन्छ । प्रकृतिसंग जति रमाए पनि मन अघाउदैन घान्द्रुकमा त्यहाँ पुग्नेहरु प्राय यही भन्ने गर्छन् । स्वदेशी मात्र हैन धेरै विदेशी पर्यटकहरुको लागि घान्द्रुक पर्यटकिय गन्तब्य वनेको छ ।

घान्द्रुकमा पुगेपछि विदेशी मात्र हैन स्वदेशीको पनि मन प्रफुल्ल हुन्छ । ढुङगाले कुदेर बनाइएका गुरुङ समुदायका घर र नजिकबाट देखिने अनपूर्ण र द्यौलागिरी हिमश्रृङखलाहरुको अनुपम दृश्यहरुले जसको पनि मन लोभिन्छ । बिहान सबेरै उठेर जहाँवाट हेर्दा पनि हिमाल छयाङ्गै खुलेको देखिन्छ । आँखैमा टाँसिन आइपुग्ने हिमाल हेरेर कत्ति धित मर्दैन । जति हेरे पनि हेरु–हेरु वनाउछ । झनै जुनेली रातमा हिउँ परेको समयमा हिमाल टलक्क टल्किदा पर्यटकहरु त्यो दृश्यले मोहित हुने गर्दछन् । यही भएर त होला स्वदेशमा मात्र हैन विदेशमा पनि उतिकै लोकप्रिय वनेको छ पर्यटकीय गाउँ घान्द्रुक । आजभोली कसैकसैले घान्द्रुकलाई ‘पहाडकी रानी’ भनेर पनि उपमा दिने गरेका छन ।

Leave a Reply