ठगीको आरोपमा पूर्वअर्थ सहायकमन्त्री तथा चर्चित उद्योगपति रुप ज्योती पक्राउ

0

सर्वोच्च अदालतले विचाराधीन एक मुद्दा खारेज गरेसँगै पूर्वमन्त्री एवम् व्यापारी रुप ज्योति अफ्ठेरोमा पर्न सक्ने देखिएको छ। मंगलबार सर्वोच्चले गरेको निर्णयका कारण करोडौं ठगी गरेको आरोप लागेका पूर्वअर्थ सहायक मन्त्रीसमेत रहेका व्यापारी ज्योति अप्ठेरोमा पर्न सक्ने देखिएको हो।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि छ । केही अघि ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । तर, लगत्तै सो आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएको उनलाई पक्राउ गर्न बाटो खुलेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो ।

प्रहरी स्रोतका अनुसार विदेशमा रहेका उनी स्वदेश फर्किन लागेको सूचनाका आधारमा विमानस्थलबाटै पक्राउ गरिएको हो।

Leave a Reply