‘लिपुलेक हाम्रै हो, जनगणना गर्ने व्यक्ति मै हुँ’

0

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी पनि समावेश गरिएपछि नेपालमा चर्को विरोध भएको छ । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेक क्षेत्रलाई समावेश गरेपछि यसको चौतर्फी बिरोध सुरु भएको हो ।

यसको विरोधमा रोल्पामा पनि प्रदर्शन गरिएको छ । सरकारले कुटनीतिक रुपमा मिचिएका भूमि फिर्ता गर्नुपर्ने माग राख्दै बिहीबार बिहान विरोध प्रदर्शन गरिएको हो । रोल्पाली जागरुक समूहको व्यानरसहित पत्रकार, नागरिक समाज, विद्यार्थी, उद्योगी व्यवसायी, बुद्धिजीविले विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली भूमिमाथिको हस्तक्षेप विरुद्धको प्रदर्शनमा ‘गो व्याक इन्डिय’ को नारा समेत लगाएका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै प्रदर्शनकारीले भारतबाट मिचिएका सबै सिमाना निर्धारण गरी काँडे तारबार लगाउन समेत माग उनीहरुले माग गरेका छन् ।

यसै बीच बरिष्ठ पत्रकार भैरव रिसालले दार्चुला जिल्लाको व्यास गाविसमा पर्ने विवादित लिपु लेकको जनगणना आफूले गरेको बताएका छन् । विसं. २०१८ सालमा उनले तथ्यांक विभागको अधिकृत भएका बेला लिपु लेकको जनगणना गरेका हुन् । जुन भूमीलाई अहिले भारतले आफ्नो नयाँ नक्सामा समेटेको छ । लामो समय देखि भारतले लिपु लेक आफ्नो भएको दाबी गर्दै आएको थियो ।

पत्रकारिता गरिरहेका भैरवलाई सरकारी सेवामा प्रवेश गर्ने रहर थियो । त्यही समय सरकारले तथ्यांक संकलनका लागि अधिकृत माग्यो । “सरकारले विसं ०१८ मा जनसंख्या र कृषिको तथ्यांक संकलनका लागि अफिसर माग्यो । तर, त्यो २६ महिनाका लागि म्यादी अफिसर थियो । म्यादी भएपनि २ वर्षको जागिर हो भनेर मैले आवेदन दिएँ,,” उनले भने, “नभन्दै एकातिर पत्रकारिता गरिसकेका चल्तापुर्जो थिएँ, अर्कोतर्फ अन्तर्वार्ता लिनेमा राष्ट्रिय योजना आयोगका प्रमुख आर्थिक सल्लाहकार डा। यादवप्रसाद पन्त र डा। पुस्करनाथ पन्थ रहेछन् । उनीहरुसँग मेरो राम्रो सम्बन्ध थियो । यी दुवै कारणले पनि म छनोट भएँ ।”

भैरवका अनुसार अफिसरमा छनोट भएपछि २६ जना मध्ये को सुदुरपश्चिम जाने भन्नेमा विवाद भयो । भारतको बाटो हुँदै सुदुरपश्चिम पुग्नु पर्ने र विकट क्षेत्र भएकाले कोही पनि जान मानेन् । तर तात्कालीन राजा महेन्द्रसँग त्यसअगाडि नै सुदुरपश्चिम गइसकेका उनले आफू जाने इच्छा व्यक्त गरे ।

Leave a Reply