उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा अध्यक्ष बन्ने पक्का

0

नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा अध्यक्ष बन्ने बाटो खुलेको छ । लामो समयदेखि संघको विधान संशोधन गर्ने कि नगर्ने भन्ने विवादले टंगिएको छ । संशोधित विधान कहिलेदेखि लागू गर्ने भन्ने बिषयमा यही कार्तिक २८–२९ गते साधरणसभा बोलाइएको थियो । सो साधरणसभा स्थगित भएको छ । अब पूरानै विधानअनुसार महासंघ चल्ने भएको छ । अहिलेको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्नेछन् । यसले गर्दा अहिले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अब अध्यक्ष हुने बाटो खुलेको छ ।यस विषयमा सात जना पूर्वअध्यक्षहरुले आफ्नो धारणा राख्दै अहिले विधान पास भए पनि त्यो विधान तीन वर्षपछि मात्र लागू गर्ने अडान लिएका थिए । यसैबीच पूर्वअध्यक्ष पशुपति मुरारकाले विधान संशोधनको प्रक्रिया नमिलेको र प्रक्रियागत ढंगबाट मात्र विधान संशोधन गर्न आग्रह गरेपछि विधान संशोधन समितिका संयोजक चण्डीराज ढकाल पछाडि हटेका छन् ।

Leave a Reply