तीन सिमेन्टले पाए नेपाल गुणस्तर चिन्ह अवार्ड, प्रथम हुनेमा शिवम्

0

नेपाल गुणस्तर तथा नापतौल विभागले बिहीबार आयोजना गरेको ‘नेपाल गुणस्तर चिन्ह अवार्ड,२०१९’ कार्यक्रममा तीन सिमेन्ट उद्योगले नेपाल गुणस्तर चिन्ह अवार्ड पाएका छन्।

अवार्ड पाउने कार्यक्रममा शिवम्, मारूती र जगदम्बा सिमेन्टले उक्त अवार्ड पाएका हुन्। जसमध्य शिवम् प्रथम भएको छ भने मारूती र जगदम्बा सिमेन्ट क्रमश ः दोस्रो र तेस्रो भएका छन्। उक्त अवार्ड वाणिज्य सचिब बैकुण्ठ अर्यालले प्रदान गरे।

कार्यक्रमका प्रमुख अतिथी उधोग , वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले आम उपभोक्तामा आएको जागरुकता, राज्यमा बढ्दै गएको संवेदनशिलता र प्रबिधीको विकासका कारण गुणस्तरका मानकहरुमा परिवर्तन आएको बताए ।

उनले भने, ‘सिमेन्टको गुणस्तरले विकासको पुर्वाधारमा सबैभन्दा ठुलो भूमिका रहन्छ त्यसैले व्यवसायी र विभाग सिमेन्टको गुणस्तर कायम गर्न हातेमालो गर्नुपर्छ ।’ कार्यक्रममा उधोग परिसँघका अदक्ष सतिसकुमार मोरले सिमेन्ट उधोगहरु जिम्वेवार बन्दै गएको बताए । त्यस्तै अवार्ड विजेता शिवम सिमेन्टसका अदक्ष सुरेन्द्र कुमार गोएलले आफुहरु सधै गुणस्तरिय उत्पादनमा लागीपर्ने वताए ।

Leave a Reply