उद्योगलाई एक नम्बरको मन्त्रालय बनाउँछु : मन्त्री लेखराज भट्ट

0

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई मन्त्रालयमा बिहीबार स्वागत गरिँदै ।

आज मात्रै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपयिनताको सपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई आज शिलत निवासमा सपथ गराएकी हुनु । सपथग्रहणलगत्तै मन्त्रीहरुले आ–आफ्नो मनत्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने उद्घोष गरेका छन् । बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले भने, ‘समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्छ । पुरानो ढर्राले अघि बढ्न सकिन्न ।’ सिक्ने र सिकाउने गरेर मन्त्रालय एक ढिक्का भएर अघि बढ्ने उनले बताए । कार्यसम्पादनको क्रममा सेवाग्राही अलमल नपरुन् भनेर उनले कर्मचारीहरुलाई सचेत गराए । दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका उनले भने, ‘अहिलेसम्म मन्त्रालयले पहिल्याएको समस्या समाधान गर्दै अघि बढ्नुपर्छ । सेवाग्राही अलमलमा नपर्ने गरी कार्यसम्पादन होस् ।

यो मन्त्रालयमा अनुशासनहीन काम नहोस् ।’ कैलाली घर भएका भट्ट डा। बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए । त्यसअघि प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा उनी श्रम मन्त्री बनेका थिए ।

Leave a Reply