संघर्ष र इमान्दारिताको अर्काे प्रयार्य

0

अम्बिर गुरुङका आरोह/अवरोह

अम्बिर गुरुङ नेपालको पर्यटन क्षेत्रमा परिचित नाम हो । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन) का अध्यक्ष रहेका उनी कस्टम टे«क नेपाल प्रा.लि.का प्रवन्ध निर्देशक समेत हुन् । होटेलमा कर्मचारी भएर समेत काम गरेका गुरुङ रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्षका रुपमा समेत सक्रिय छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक र शिक्षा शास्त्रमा स्नातकतह पूरा गरेका उनी ०५४ सालमा रसुवाको तुप्चेबाट काठमाडौं छिरेर धेरै पापड पेलि आज सफल व्यवसायी बनेका छन् । उनै अम्बिर गुरुङका संघर्षका कथाहरु समुन्नती संवददाता महेश्वर गजुरेलले खोलत्ने प्रयाश गरेका छन् :

अहिलेको अम्बिर गुरुङको परिचय सुन्दा जो सुकैलाई अचम्मित र सोचमग्न बनाइदिन्छ । हो, दुःखले उनलाई थिच्नसम्म थिचेको थियो । दुःखमै हुर्किएर दुःखसँगै लड्दै पढ्दै अघि बढेका उनको कहानी निक्कै लामो छ । न लेखेर साध्य छ न वर्णन गरेर नै । त्यतिबेला उनले खेप्नुपरेका गरीबी पहाडझैँ थियो । गरीबी र आर्थिक अभावले पिल्सिएको अवस्थामा अम्बिरले झेल्नुपरेको तीता अनुभव सायदै अरू कसैसँग हुन सक्ला । अभाव र असुविधाको खाडलमा डुबेकै कारणले उनको परिवार रसुवाको विकट भेग उत्तरगया गाउँपालिका–२, डाँडागाउँबाट नुवाकोटको तुप्चेमा बसाइ सर्नुपरेको थियो । तुप्चेमा बसाई सरे पनि हात मुख जोर्न धौँधौँ अवस्थाका कारण परिवारका सदस्य सबै हातमुख जोड्नकै लागि छिमेकीकहाँ ज्यालामजदुरी गर्न जानुर्दथ्यो ।

अम्बिर गुरुङ
प्रवन्ध निर्देशक
कस्टम ट्रेक प्रा लि

विगत सम्झिँदै गुरुङ भन्छन्, ‘छिमेकीको खेतबारी नै ठेक्का लिएर हलो जोत्नेदेखि घरगोठ सम्हाल्ने काम गरियो । बुवालाई हलो जोत्न सघाउँथे । के बाल्यकाल के जवान ? त्यस्तो खालको जीवन रमाउन पाइएन ।’ बिहान बेलुकीको छाक टार्न अर्काको बारीमा भर पर्नुपर्ने त्यो बेलाको समय यति कहालीलाग्दो थियो, अम्बिर त्यसको वर्णन असमर्थ हुन्छन् । संघर्षबाट माथि उठ्नुभएका अम्बिर आज संघर्ष गरेरै पर्यटन क्षेत्रमा सफल व्यवसायीका रूपमा स्थापित हुनुहुन्छ । त्यसअघि अम्बिरले गाउँकै विभिन्न विद्यालयमा शिक्षकको रूपमा काम गर्नुभयो । अन्य विभिन्न व्यवसाय पनि गर्नुभयो । बिहान–बेलुकाको छाक टार्नकै लागि धौ–धौ पर्ने अम्बिरका लागि यो सफलता कसरी सम्भव भयो ? उहाँको यही कथा रोचक छ । पढ्ने लेख्ने वातावरण नै नभएका अम्बिरका लागि विद्यालयको बाटो देखाउन आफ्नो पुरानो गाउँ उत्तरगँयाका प्रधानाध्यापक पवनजंग ठकुरीको महत्वपूर्ण भूमिका रह्यो ।

‘गाउँको विद्यालयमा तुप्चेकै पवनजंग ठकुरी प्रध्यानाध्यापक हुनुहुन्थो । एक दिन उहाँले नै बाबा–आमासँग पढ्न पठाउनु भन्नुभएपछि म पढ्न फेरि पुरानो गाउँ फर्केको थिएँ,’ अम्बिर भन्नुहुन्छ, ‘त्यसले सायद जीवनमा अघि बढ्ने नयाँ ढोका खोलिदियो ।’ अम्बिर १३ वर्षको उमेरमा कक्षा एकमा भर्ना हुनुभएको थियो । तेज दिमाग र पढ्नुपर्छ भन्ने भावना बोक्नुभएका अम्बिरले चाँडै नै सिक्नुभयो । उहाँ एक वर्षमै कक्षा एकबाट पाँचमा पुग्नुभयो । उहाँ त्यसको श्रेय उमेरमा आफूभन्दा दाइ भगवान भण्डारीलाई दिनुहुन्छ, जो आफैँ पनि सोही गाउँमा आफ्नो मामाको गोठ स्याहारेर बसेका थिए ।
‘भगवान दाइले मलाई सधैँ उहाँको गोठमा लिएर जानुहुन्थ्यो । त्यसैले विद्यालय जानुअघि नै मैले उहाँसँग धेरै सिकेको थिएँ,’ अम्बिर भन्नुहुन्छ, ‘त्यसपछि गाउँमा पनि भान्जाभान्जीको किताब पढेर जान्ने भएको थिएँ । त्यसमा विद्यालयले पनि मेरो मेहनत र पढाइ देखेर चाँडै नै कक्षा अगाडि बढाइदिएको थियो ।’

पाँच कक्षाको अध्ययन पूरा गरेसँगै उहाँ कक्षा ६ मा भर्ना हुन फेरि तुप्चे फर्कनुभयो । विद्यालयस्तरको शिक्षा तुप्चेबाटै गर्नुभयो । वि.सं. २०४२ मा एसएलसी दिनुभएका अम्बिरले बि.एड. र एलएलबी गर्नुभएको छ । उहाँ आफ्नो गाउँबाट स्नातकोत्तर तहको अध्ययन पूरा गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । उँहाले पढाइसँगै गाउँकै विभिन्न विद्यालयमा पढाउनु पनि भयो । त्यही क्रममा पसल र होटेललगायत विभिन्न व्यवसाय पनि सुरु गर्नुभयो ।

त्यसपछि नै हो अम्बिरले तुप्चेमा अर्काको घरमा मजदुरी गरेर बस्नुभएका आफ्ना बुबा र आमालाई आफ्नै घरमा सार्नुभएको पनि । यद्यपि देशको बिग्रँदो राजनीतिक अवस्थाले अम्बिरका लागि पनि गाउँमा बस्न सक्ने वातावरण बनेन । त्यसैले उँहा २०५४ सालमा तुप्चे छाडेर काठमाडौं आउनुभयो । काठमाडौंमा उँहाका लागि फेरि नयाँ चरणको संघर्ष सुरु भए ।
संघर्ष यतिसम्म कष्टकर बन्यो कि उहाँ कामको खोजीमा तीन महिना राजधानीका सडक–सडक भौँतारिनुप¥यो । त्यही क्रममा उँहाले मुनलाइट होटेलमा सुरक्षा गार्डका रूपमा कामसमेत गर्नुभयो ।

त्यही नयाँ संघर्षले उहाँलाई पर्यटन क्षेत्रतर्फको नयाँ सुरुवाततर्फ डोहो¥यायो । सुरुवातमा उँहा हाइल्यान्डर टे«किङ नेपालबाट सहयोगीका रूपमा सगरमाथा क्षेत्रको भ्रमणमा लाग्नुभयो । त्यसपछि निरन्तर यस क्षेत्रमा लाग्दाको अनुभवले उहाँले २०७० सालमा आफ्नै टेर्किङ कम्पनी ‘कस्टम ट्रेक नेपाल’ खोल्नुभयो । व्यावसायिक रूपमा यस क्षेत्रमा समेत सफल देखिनुभएका अम्बिर पर्यटन र अन्य सामाजिक क्षेत्रका संघसंस्थाहरूमा समेत उत्तिकै सक्रिय रहँदै आउनुभएको छ । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन)का अध्यक्ष बन्न सफल हुनुभएका अम्बिर आफ्नो मेहनत र लगनशीलताका साथै आफू र आफ्नो परिवारले देखाएको इमानदारीका कारण हरेक यात्रामा अघि बढ्न सफल भएको बताउनुहुन्छ । ‘मेरो जीवनमा संघर्ष र मेहनत नै ठूलो कुरा रह्यो,’ अम्बिर भन्नुहुन्छ, ‘त्यसपछि इमानदारी कहिल्यै छुटेन । परिवार र मेरो इमानदारीकै कारण अहिलेसम्म सम्मानका साथ अघि बढ्न सकिरहेको छु ।’ अम्बिर आफ्नो सफलतामा तुप्चेवासीहरूको महत्वपूर्ण सहयोग रहेको बताउनुहुन्छ । ‘म जुन अवस्थामा थिएँ, त्यहाँबाट उठेर यो अवस्थासम्म आइपुग्न तुप्चेवासीको ठूलो सहयोग छ’, अम्बिर भन्नुहुन्छ, ‘उहाँहरूको सहयोगविना आज यो अवस्थासम्म आइपुग्न मेरा लागि मुस्किल थियो ।’
त्यही संर्घष र इमान्दारिताका कारण हो आज आज विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दैछन् । एकातिर गुरुङ पर्यटन समाज,रसुवा नुवाकोट पर्यटन समाजका उपाध्यक्ष । यसका अलवा समाजिक कर्ममा समेत उत्तिकै दचचित्त भएर खटिन्छन् उनी ।
०००

Leave a Reply