विदेशी पर्यटकको संख्या बढ्दैः १० महीनामा पौने १० लाख पर्यटक भित्रिए

0

पर्यटन बर्ष २०२० नजिकदै छ । सो समयमा २० लाख पर्यटन भित्राउने सरकारको योजना रहेको छ । नेपाल टुरिजम बोर्डको तथ्यांक अनुसार सन् २०१९ को अक्टोबरसम्म ९ लाख ७५ हजार ५५७ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।

तथ्यांकअनुसार अक्टोबरमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । उक्त महीनामा १ लाख ४३ हजार ८७० जना विदेशी पर्यटक नेपाल घुम्न आएको तथ्यांकमा उल्लेख छ । जुलाई महीना भने सबैभन्दा कम अर्थात ६५ हजार ७४९ जना विदेशी पर्यटक नेपाल आएका छन् । औषतमा बार्षिक १० लाख भन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आउछन् ।

नेपालको हकमा अक्टोबर, नोभम्बर र डिसेम्बर महीना पर्यटनको लागि राम्रो मानिन्छ । बोर्डको बिगतको तथ्यांकलाई हेर्दा ति महिनाहरूमा एक लाख भन्दा बढीको संख्यामा विदेशी पर्यटक आएका छन् । नयाँ बर्ष लगायतका पर्वहरू मनाउनका लागि यो समयमा धेरै विदेशी पर्यटक नेपाल आउने गर्छन् ।

गत बर्ष ११ लाख ७३ हजार ०७२ जना विदेशी पर्यटक नेपाल आएका थिए । आगमी बर्ष सन् २०२० मा नेपाल सरकारले भम्रण बर्षको रुपमा बनाउदै छ । त्यसमा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिइएको छ, तर १२ लाखको हारहारीमा पर्यटक आउने नेपालमा त्यो भने चुनौती पुर्ण देखिन्छ ।

Leave a Reply